शिक्षक कर्मचारीको विद्यालय पोसाक फेरियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षक कर्मचारीको विद्यालय पोसाक फेरियो


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको छ ।

केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोसाक परिवर्तन गरेको जनाएको छ ।

केन्द्रले तोकिए अनुसारको पोसाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

शिक्षक महासङ्घको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताए ।

परिवर्तन गरिएको पोसाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी स्वेटर र कालो जुत्ता राखिएको छ । साडी ब्लाउज कुर्था सुरुवालमा भने परिवर्तन नगरेको केन्द्रले जनाएको छ । पोसाकको नमुना शिक्षक महासङ्घबाट प्राप्त गर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस