भरतपुर महानगर अपडेट : ५५ हजार बढी मतगणना « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भरतपुर महानगर अपडेट : ५५ हजार बढी मतगणना


६ जेष्ठ २०७९, शुक्रबार


चितवन । भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ ।

महानगरको मतगणनाअनुसार पाँच दलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ । प्रमुखमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार २६७ मतले अग्रता लिएकी छन् भने उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले नौ हजार ३४३ मतका साथ अग्रता लिएका छन् ।

प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेकी छन् । गणना भइरहेका वडामा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । यसअघि गणना भएका १० वडामध्ये सातमा काँग्रेस, दुईमा नेकपा (एकीकृत समाजवादी) र एउटामा एमाले विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस