साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।

साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ ।

च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड रोविनका आधारमा खेल्नेछन् । शीर्ष दुई टिमले अगस्ट ५ मा फाइनल खेल्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस