ओलीको गृहनगर दमकमा राप्रपाले जमायो कब्जा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओलीको गृहनगर दमकमा राप्रपाले जमायो कब्जा


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराए ।

थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस