पनौतीको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पनौतीको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले


६ जेष्ठ २०७९, शुक्रबार


बनेपा । काभ्रेपलान्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बन्जारा विजयी भएका छन् ।

भण्डारी १४ हजार ५० र उपप्रमुखमा बन्जारा १२ हजार ३३७ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रमुख पदको निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका छवि लाल हुमागाईँले १० हजार ३८८ मत प्राप्त गरेका छन्।

पनौती नगरपालिकाको प्रमुखको निकटतम प्रतिस्पर्धी न्यौपाने र उपप्रमुखमा निर्वाचित बन्जारा २०७४ सालको निर्वाचनमा उपप्रमुखमा निर्वाचित थिए ।

वडा नं १ मा काँग्रेसका जयकुमार तामाङ, २ मा एमालेका पुरुषोत्तम अधिकारी, ३ मा एमालेका विष्णुप्रसाद सापकोटा, ४ मा एमालेकै दीपकप्रसाद दाहाल, ५ मा काँग्रेसका विनोद खत्री, ६ मा एमालेका भीमप्रसाद आचार्य र वडा नं ७ मा एमालेकै सविन ताम्राकार विजयी भएका छन् ।

त्यसै गरी वडा नं ८ मा एमालेका वेदप्रसाद बन्जारा, ९ मा काँग्रेसका सहकुलकुमार हुमागाईँ, १० मा मोहनबहादुर भण्डारी, ११ मा एमालेका विपेन्द्र लामा र वडा नं १२ मा एकीकृत समाजवादीका जयराम केसी विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस