मुख्यमन्त्रीकै श्रीमती उपाध्यक्षमा पराजित भएपछि… « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्रीकै श्रीमती उपाध्यक्षमा पराजित भएपछि…


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन पराजित भएकी छन् । जसपाबाट खातुन पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा चुनाव लडेकी थिइन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी बविता सिंह ५,५३१ मत ल्याएर विजयी भएकी छन् । ३,१२३ मत ल्याएकी खातुन निकट्तम प्रतिस्पर्धी समेत बन्न सकिनन् । विजयी सिंहको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मिरादेवी कुर्मी ३,३४५ मत पाएकी छन् ।

गाउँपालिका अध्यक्षमा समेत त्यहाँ जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादव पराजित भएका हुन् । अध्यक्षमा नेपाली काँग्रेसका श्रीकान्त यादव ५,७४९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका सलिम मंसुर ३,९२६ मत ल्याएका छन् । जसपाका यादव मात्र ३,४४७ मतमा समेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस