कावासोती नगरपालिकामा एमाले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कावासोती नगरपालिकामा एमाले विजयी


५ जेष्ठ २०७९, बिहिबार


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

अन्तिम मत परिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो । कावासोती नगरपालिका प्रमुखमा एमालेका विष्णुप्रसाद भुसाल निर्वाचित भएका छन् ।

आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्रप्रसाद पोखरेललाई ३०४ मतले पछि पार्दै कावासोतीको नगरप्रमुखमा भुसाल निर्वाचित भएका हुन् । निर्वाचित भुसालले १८ हजार ६०८ मत प्राप्त गर्दा पोखरेलले १८ हजार ३०४ मत मात्रै प्राप्त गरे ।

त्यसै गरी कावासोती नगरपालिका उपप्रमुखमा पनि एमालेकै उम्मेदवार फूलकुमारी थनेत निर्वाचित भएकी छन् । नगर उपप्रमुखमा नेकपा माओवादी केन्द्रका पतिराम थनेतलाई पाँच हजार ४६३ मतान्तरले पराजित गर्दै फूलकुमारी उपप्रमुखमा निर्वाचित भएकी हुन ।

एमालेकी उम्मेदवार फूलकुमारीले १९ हजार २४ मत प्राप्त गर्दा माओवादी केन्द्रका पतिरामले १३ हजार ५६१ मत मात्रै प्राप्त गरे । १७ वटा वडा रहेको कावासोती नगरपालिकामा १२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको छ । त्यस्तै, चार वटा वडाध्यक्ष नेपाली काँग्रेस र एउटा वडाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस