पोखरामा धनराजको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पोखरामा धनराजको अग्रता


५ जेष्ठ २०७९, बिहिबार


पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् ।

५५ हजार २६७ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले २२ हजार ८५२ मत ल्याएका छन् ।

उनले प्राप्त गरेको यो मत नेकपा एमालेका कृष्ण थापा भन्दा २,७२० मत बढी हो । एमालेका थापाले २० हजार १३२ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी मञ्जु देवी गुरुङले २३ हजार १६४ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी कोपिला रानाभाटले २३ हजार २१ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस