सर्लाहीमा लोसपाको पहिलो जित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्लाहीमा लोसपाको पहिलो जित


५ जेष्ठ २०७९, बिहिबार


सर्लाही । सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पहिलो जित हासिल गरेको छ । गोडैता नगरपालिकाका मेयर तथा उपमेयर दुवैमा लोसपाले जित निकालेको हो ।

गोडैता नगरपालिकाका मेयरमा लोसपाका उम्मेदवार देवेन्द्र यादव ५ हजार २ सय ९४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद कुशवाहालाई ५ सय ४२ मतान्तरले पराजित गरेका हुन् । पराजित कुशवाहाले ४ हजार ७ सय ५२ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा लोसपाकै अन्जना कुशवाहा ५ हजार ३ सय १ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रामसखीदेवीले ४ हजार ४ सय ९३ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस