बझाङका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक


५ जेष्ठ २०७९, बिहिबार


बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली काँग्रेस छ, नेकपा एमाले तीन, नेकपा माओवादी केन्द्र दुई र नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जित हासिल गरेको छ ।

काँग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जय पृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । एमाले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्रले दुर्गा थली र छविसपाथीभेरा गाउँपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ ।

यस्तै पालिकाको उपप्रमुख पदमा भने काँग्रेसले पाँच, एमालेले दुई, माओवादी केन्द्रले तीन र समाजवादीले दुई स्थानीय तहमा जित हात पारेको छ । काँग्रेस सुर्मा, दुर्गा थली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, एमाले तल्कोट र साइपाल गाउँपालिका, माओवादी केन्द्र खप्तडछान्ना तथा मष्टा गाउँपालिका र जय पृथ्वी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ ।

जिल्लाका ९४ वडामध्ये काँग्रेसले ३१, एमालेले २७, माओवादी केन्द्रले ११ र एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर आठ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस