रेनु दाहालले लिइन् ३२५८ मतको अग्रता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रेनु दाहालले लिइन् ३२५८ मतको अग्रता


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२७५० गणना हुँदा अग्रता थप बढाएकी छन् ।

उनले १६२३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबिचको मतान्तर ३२५८ रहेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८७७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १०४१९ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस