कामपा-४ मा एमालेको प्यानलै विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कामपा-४ मा एमालेको प्यानलै विजयी


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका-४ मा नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ ।

उनी नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन् ।

त्यसै गरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरु अधिकारी श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा सन्ध्यादेवी खनाल र दलित महिला सदस्यमा कल्पना सार्की (वयल्कोटी) विजयी भएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मत परिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन् ।

त्यसै गरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २० हजार ९९० मत प्राप्त गरी आफ्नो अग्रता कायम गरिरहँदा प्रमुखकै उम्मेदवार केशव स्थापितले ११ हजार ८३ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले १० हजार २९८ मत पाएका छन् ।

त्यस्तै उपप्रमुख पदका लागि एमालेका उम्मेदवार सुनिता डङ्गोल २० हजार ५९० मतका साथ अग्रस्थानमा छिन् भने नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रामेश्वर श्रेष्ठले सात हजार १९५ मत पाएका छन् । कामपामा हालसम्म ५५ हजार १४६ मत गणना भइसकेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस