महिला टी-२० : नेपालले युगाण्डाविरुद्ध ब्याटिङ गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिला टी-२० : नेपालले युगाण्डाविरुद्ध ब्याटिङ गर्दै


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । युगान्डा र नेपालबिचको महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र सङ्गीता राई टिममा परेका छन् ।

नेपालको प्लेइङ ११ स् रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, सङ्गीता राई, रोमा थापा, सरिता मगर, कविता जोशी, विन्दु रावल, सबनम राई र डली भट्ट ।

Tags :
प्रतिक्रिया दिनुहोस