भरतपुर महानगर अपडेट : रेनु तीन हजार मतान्तरले अगाडि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुर महानगर अपडेट : रेनु तीन हजार मतान्तरले अगाडि


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्म यहाँ ४० हजार ९६३ मतगणना भइसकेको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ ।

उनले १५ हजार ५१३ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत ल्याएका छन् । दाहाल र सुवेदीबीचको मतान्तर तीन हजार १२६ छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४०३ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका नेता पौडेल पार्टीले टिकट नदिएपछि भूइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् ।

उपप्रमुखमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । उनले १७ हजार ९७० मत प्राप्त गरेका छन् ।

एमालेसँग तालमेल गरेको राप्रपाका उम्मेदवार हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस