बडिगाड गाउँपालिका अध्यक्षमा काँग्रेसकी थापा निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बडिगाड गाउँपालिका अध्यक्षमा काँग्रेसकी थापा निर्वाचित


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसकी उम्मेदवार गण्डकी थापा निर्वाचित भएकी छन् । उनले सात हजार २७३ मत ल्याइन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजन पाइजाले पाँच हजार ७०० मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भीमसेन वन निर्वाचित भए । उनले सात हजार १०३ मत ल्याए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेकी मीनकुमारी रायमाझी (पुन)ले पाँच हजार ७२७ मत पाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस