धरानमा रोकिएको मतगणना पुन: सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धरानमा रोकिएको मतगणना पुन: सुरु


५ जेष्ठ २०७९, बिहिबार


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा रोकिएको मतगणना पुनः सुरु भएको छ ।

हिजो (बुधबार) दिउँसोदेखि मतगणना रोकिएको थियो । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दलका प्रतिनिधिले विरोध गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरिएको जानकारी दिएको छ ।

अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना भइरहेको छ । वडा नं. २० को मतगणना स्थगित गरी अरु वडाको गणना सुचारु भएको छ ।

२० नम्बर वडामा बुधबार १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन ।

यता, विराटनगर १२ मा पनि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।

३२ सय २४ मत गणना हुँदा १३ वटा मतपत्र हस्ताक्षरविहीन भेटिएपछि एमालेका प्रतिनिधिले गणना बहिस्कार गरेका छन् । वडामा ६ हजार १४९ मत खसेको थियो ।

समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस