पर्वतको विहादीको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पर्वतको विहादीको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले


५ जेष्ठ २०७९, बिहिबार


पर्वत । पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका परविन गुरुङ निर्वाचित भएका छन् ।

गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गरेका हुन् । कुँवरले २ हजार ९३७ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी मिना तिवारी निर्वाचित भएकी छन्। तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए ।

यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा काँग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको छ ।

वडा नं १, ३ र ५ मा एमाले, वडा नं २ र ४ मा काँग्रेस तथा वडा नं ६ मा माओवादी केन्द्र विजयी भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस