बनेपा नगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बनेपा नगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरप्रमुखमा काँग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न कुश रञ्जितकारले ११ हजार ८३५ मत पाए । राप्रपाका उम्मेदवार रेमण्ड कर्माचार्यले ८७६ मत पाए ।

नगर उपप्रमुखमा नेकपा एमालेकी विमला सापकोटा दाहाल विजयी भइन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रगुबर प्रधानलाई १ हजार ४७७ मत अन्तरले हराइन् ।

सापकोटाले ११ हजार ९९२ मत पाउँदा प्रधानको पक्षमा १० हजार ५१५ मत परेको छ ।

राप्रपाका रुपा विष्टले ८३८, जसपाका प्रिष्टा प्रजापतिले २६८ र नेमकिपाका कान्ति अवाले १६८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस