भरतपुर महानगर अपडेट : रेनुसँग ३ हजार मतले पछि परे विजय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुर महानगर अपडेट : रेनुसँग ३ हजार मतले पछि परे विजय


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

हालसम्म गणना भएको ३८ हजार ८ सय ६४ मतमध्ये रेनुले १४ हजार ७ सय ६६ मतसहित अग्रता कायमै राखेकी छन् ।

उनलाई एमाले गठबन्धनका विजय सुवेदीले ११ हजार ७ सय ६५ मत ल्याएर पछ्याइरेहका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६०९० मत पाएका छन् ।

यस्तै उपमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले १७ हजार ९६ मतसहित अग्रता बढाउँदै लगेका छन् ।

उनलाई राप्रपाका हिमला गुरुङले ९५०१ मत ल्याएर पछ्याइरहेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस