देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित


५ जेष्ठ २०७९, बिहिबार


मङ्गलबारे । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।

नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित भएका हुन् ।

प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ मत प्राप्त गरे ।

उपप्रमुख पदमा एमालेकी उम्मेदवार पविमाया राई आठ हजार ५६३ मत पाउँदै निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राम राईले पाँच हजार ७६५ मत पाए ।

एमालेबाट विजयी उम्मेदवार पोखरेल र राई दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनीहरु यसअघि २०७४ को स्थानीय निर्वाचनमा समेत विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस