सर्लाहीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सर्लाहीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते


४ जेष्ठ २०७९, बुधबार


जनकपुरधाम । सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित पूर्व पश्चिम राजमार्गमा बस र माछा बोक्ने पिकअप गाडी एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना।५ख ५५१५ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२५ च ५७४३ नम्बरको माछा बोक्ने गाडी एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका सह चालक सुनसरीको इटहरी उपमहानगरपालिका ४ बस्ने ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको मलगंवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बसका चालक इटहरी ९ का ३८ वर्षीय विदुर निरौला, पिकअपका सह चालक बाराको कोल्हबी नगरपालिका ५ बस्ने २३ वर्षीय सञ्जीव यादवसहित बसमा सबार अन्य ८ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरूको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस