२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका दुई पालिकामा जनमोर्चाको जित

अ+ अ-

बागलुङ । राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

विसं २०७४ को स्थानीय तह चुनावमा काँग्रेसका उम्मेदवारसँग पराजित भएका पुन यो पटकको चुनावमा नेकपा (एमाले)का उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै प्रमुखमा विजयी बनेका छन् ।

पुनले आठ हजार ७५५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका लीला रानाले जम्मा दुई हजार ८७३ मत प्राप्त गरेका थिए ।

यस्तै बरेङको अध्यक्षमा विजयी राजमोका शर्माले तीन हजार ६०१ मत प्राप्त गरी एमालेका प्रदीप थापालाई पराजित गरेका हुन्। थापाले जम्मा दुई हजार २३२ मत ल्याएका थिए । जैमिनीको उपप्रमुख र बरेङको उपाध्यक्षमा भने नेपाली काँग्रेस विजयी बनेको छ । विसं २०७४ को चुनावमा बरेङमा मात्र विजयी बनेको राजमो अहिलेको चुनावमा भने गठबन्धनको बलमा दुई पालिका जित्न सफल भएको छ ।

मतगणना जारी रहेका काठेखोला र बडिगाड गाउँपालिकाको उपाध्यक्षमा पनि राजमोका उम्मेदवारको अग्रता छ । अहिलेसम्म जिल्लाका आठ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ । नेपाली काँग्रेस चार, राजमो दुई, माओवादी केन्द्र एक र एमाले एक स्थानमा विजयी बनेको छ ।

मतगणना चलिरहेको काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्षमा पनि काँग्रेसकै उम्मेदवारको अग्रता छ । विसं २०७४ को चुनावमा यी दुवै गाउँपालिकामा एमाले विजयी बनेको थियो ।

प्रतिक्रिया दिनुहोस