पोखरा महानगरपालिका-७ को मत गणना स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पोखरा महानगरपालिका-७ को मत गणना स्थगित


४ जेष्ठ २०७९, बुधबार


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ ।

नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भन्दा बढी प्रतिनिधि राखेको भन्दै अवरोध सिर्जना गरेको थियो ।

सोही विषयमा विवाद चर्किंदै जाँदा एमालेले मतगणना स्थल बाहिर नाराबाजी गरेको थियो ।

विवादपछि नेकपा एमालेले आफ्ना प्रतिनिधि सबैलाई बाहिर राखेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस