धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध


४ जेष्ठ २०७९, बुधबार


विराटनगर । धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो ।

मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनले ८ हजार ४६ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार किशोर राई ७ हजार ९९६ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस