खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस निर्वाचित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस निर्वाचित


४ जेष्ठ २०७९, बुधबार


नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली काँग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित भएका खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाएका थिए । उपाध्यक्षमा मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताज रुन निशालाई पराजित गरेका थिए । उनले आठ हजार ९१ मत ल्याएका थिए । विसं २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, काँग्रेसले दुई र एमालेले एक वडा मात्रै जितेको छ ।

अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस