डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि काँग्रेस विजयी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि काँग्रेस विजयी


४ जेष्ठ २०७९, बुधबार


डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा काँग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर (साउद) निर्वाचित भएकी छन् ।

विगत २५ वर्षपछि नेपाली काँग्रेसले यो नगरपालिकामा विजयी हुन सफल भएको हो ।

नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गरेका छन् ।

नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का खगेन्द्रबहादुर साउद (केबी) ले एक हजार ९८३ मत प्राप्त गरेका छन् ।

राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बनेका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली काँग्रेसबाट उपप्रमुखका उम्मेदवार बनेकी कलावती महर (साउद) ले चार हजार ७६८ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गरेकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का ऐश्वर्या भण्डारी (विष्ट) ले ५७८ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस