मतदाताले परशुराम नगरको नेतृत्व २८ वर्षीय जोशीलाई सुम्पिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मतदाताले परशुराम नगरको नेतृत्व २८ वर्षीय जोशीलाई सुम्पिए


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाले युवा नेतृत्व पाएको छ । मतदाताले मेयर र उपमेयर दुवैमा युवा नेपाली काँग्रेसका भरत बडायर (जोशी)र उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी विमलाकुमारी बोहरालाई निर्वाचित गरेका छन् ।

मेयरमा निर्वाचित जोशी २८ वर्षका भए भने बोहरा ३१ वर्षकी हुन् । फरक-फरक पार्टीबाट चुनाव लडे पनि उनीहरूलाई मतदाताले नगरको नेतृत्वमा पुर्‍याएका छन् ।

जोशीले माओवादी केन्द्रका शेरसिंह माल ‘डायमन्ड’लाई १३६ मतान्तरले पराजित गरेका हुन् । जोशीले ५९४१ मत ल्याए भने माओवादीका ‘डायमन्ड’ले ५८०५ मत ल्याए । मेयरमा तेस्रो भएका एमालेका उम्मेदवार केशव बोहराले २६०६ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने माओवादी केन्द्रकी विजयी भएकी बोहराले ५८८५ ल्याइन् । उनकी प्रतिद्वन्द्वी काँग्रेसकै कलावती बोहराले ४५९३ मत लाइएकी छन् भने तेस्रो भएकी एमालेकी गोमती पन्तले ३२९६ मत ल्याइन् ।

यो नगरपालिकामा काँग्रेस, एमाले र माओवादीले एकल प्रतिस्पर्धा गरेका थिए । अघिल्लो पटक पनि परशुराममा काँग्रेस र माओवादीको प्रतिस्पर्धा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस