प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने


४ जेष्ठ २०७९, बुधबार


विकास र समृद्धि

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको दोस्रो बैठक दिउँसो १ बस्ने तय छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ । (हिजो) मङ्गलवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

संसद्को बजेट अधिवेशन मङ्गलवारदेखि सुरु भएको हो । यो बजेट अधिवेशन हो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले गर्दै आएको संसद् अवरोध पनि मङ्गलवारदेखि खुलाएको छ ।

राष्ट्रियसभा बैठकमा भने एमालेको अवरोध जारी नै छ । राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक भोलि बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस