बडीमालिकामा एमालेका खड्का र थापा विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बडीमालिकामा एमालेका खड्का र थापा विजयी


३ जेष्ठ २०७९, मंगलबार


बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट नगरप्रमुखका उम्मेदवार अमरबहादुर खड्काले चार हजार नौ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनराज पण्डित तीन हजार ५५२ मत ल्याएर पराजित भए ।

यस्तै उपप्रमुखमा निर्वाचित एमालेकी नन्दाकुमारी थापाले चार हजार २३३ मत ल्याइन् ।

उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी राधिका सिंह तीन हजार ३५१ मत ल्याएर पराजित भएकी हुन् ।

एमालेले पाँच वडासहित नगरप्रमुख र उपप्रमुख जितेको छ भने दुई वडा नेपाली काँग्रेसले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस