सार्वजनिक यातायातको भाडा बढ्यो , कुन रुटमा कति ?(सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सार्वजनिक यातायातको भाडा बढ्यो , कुन रुटमा कति ?(सूचीसहित)


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सार्वजनिक यातायातको भाडा पनि वृद्धि भएको छ । सरकारले भोलि (मंगलबार) बाट राष्ट्रिय स्तरका रुटमा भाडा वृद्धि गर्ने भएको हो ।

स्वचालित भाडा समायोजन अनुसार सार्वजनिक सवारीको भाडा वृद्धि हुन लागेको यातायात व्यवस्था कार्यालयले बताएको छ ।

पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ ।

आज यातायात व्यवस्था विभागले भोलिदेखि भाडा वृद्धि हुने गरेर नयाँ भाडा दर निकालेको छ ।

मालवाहक सवारीमा ५.१ प्रतिशत, अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा ३.५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा वृद्धि भएको हो ।

सकारले भने सर्वसाधारण स्थानीय तहको मत परिणाममा केन्द्रित भएको बेला एकै पटक पेट्रोल र डिजेलको मूल्य प्रतिशत वृद्धि गरेको थियो ।

अझै पनि नेपाल आयल निगमको घाटा काम गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनसक्ने अवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस