२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : दुईमा काँग्रेस, एमाले र जसपा एक/एकमा विजयी

अ+ अ-

जनकपुर । धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष काँग्रेसले जितेको छ भने नेकपा (एमाले) र जनता समाजवादी पार्टीले एक/एक पालिकामा जित हासिल गरेका छन् ।

धनुषाको धनौजी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने औरही गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले तथा जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादवनी विजयी भएका छन् ।

अध्यक्षमा तीन हजार ७६५ मत ल्याए काँग्रेसका मिश्र निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सत्रुधन यादव तीन हजार ४९७ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा काँग्रेसकै फूलकुमार यादवनी तीन हजार ६२८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका विमलाकुमारी यादव तीन हजार ४६० मत ल्याइन् ।

यस्तै धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छ ।

धनौजी गाउँपालिकाको अध्यक्षमा दुई हजार २६२ ल्याएर काँग्रेसका राजकुमार साह विजयी भएका छन् भने उपाध्यक्षमा काँग्रेसकै रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित साहका निकटतम प्रतिद्वन्द्वी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएको निर्वाचन अधिकृत रत्नेश शशिले जानकारी दिए ।

अध्यक्षमा तीन हजार ३२६ मत ल्याएर साह निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बह्मदेव यादवले दुई हजार ९२३ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह दुई हजार ९४९ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रिंकीकुमारी मण्डलले दुई हजार ७९० मत प्राप्त गरिन् ।

कूल छ वटा वडा रहेको सो गाउँपालिकामा १४ हजार ४६८ मतदाता रहेको जनाएको छ ।

यस्तै धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा काँग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित यादवका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा निर्वाचित सहगलका निकटतम प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस