दैलेखको नारायण नगरमा एमाले निर्वाचित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

दैलेखको नारायण नगरमा एमाले निर्वाचित


३ जेष्ठ २०७९, मंगलबार


दैलेख । दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरेका हुन् ।

प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरेका छन् ।

थापाले पाँच हजार ३५७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गरिन् ।

उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस