कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले उपस्थित भएन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले उपस्थित भएन


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ ।

बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद् भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा जारी छ ।

एमालेले यसअघि पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्दै आएको थियो ।

एमालेले २३ भदौ २०७८ देखि संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।

पार्टी विभाजनमा सभामुख सापकोटाको समेत भूमिका रहेको आरोप लगाउँदै एमालेले सभामुखले नै निकास दिनुपर्ने माग राख्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस