राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी


३ जेष्ठ २०७९, मंगलबार


नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।

पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाएका थिए ।

थारुकी निकटतम प्रतिस्पर्धी एमालेकी चमेली बागवलले ९ हजार ३४१ मत पाउँदा माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत पाएकी थिइन् ।

सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक, र माओवादी केन्द्रले तीन वडामा जीत हासिल गरेको छ ।

पालिकमा ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत मत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिए ।

जानकी र बैजानाथमा मतगणना रोकियो

बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ ।

जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मत परिणाम लुकाएको भन्दै विवाद भएको थियो ।

सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केहीबेरदेखि मतगणना रोकिएको जानकारी दिए ।

त्यस्तै वैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस