बन्दीपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बन्दीपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस


३ जेष्ठ २०७९, मंगलबार


तनहुँ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार एक सय छैसठ्ठी मत प्राप्त गरेका हुन् ।

यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसका पञ्चमाया गुरुङले तीन हजार सत्ताइस मत ल्याएर विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी करुणा गुरुङले तीन हजार पच्चीस मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बन्दीपुरमा कूल दश हजार दुई सय पाँच मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस