तिलोत्तमाको मतगणना स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तिलोत्तमाको मतगणना स्थगित


३ जेष्ठ २०७९, मंगलबार


रुपन्देही । यहाँको तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ।

तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २ को मतगणना रोकिएको हो ।

मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्न गएकाले वास्तविक तथ्याङ्क हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए ।

अहिले मतगणना स्थल बाहिर काँग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस