काठमाडौँको तारकेश्वर नगरपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँको तारकेश्वर नगरपालिकामा काँग्रेस विजयी


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका हुन् । महर्जनले ११ हजार ९८८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले सात हजार ८०८ मत ल्याए ।

काँग्रेसबाट विजयी उपमेयर उम्मेदवार बुर्लाकोटीले १० हजार ७८६ मत पाइन् । उनका प्रत्याशी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् ।

तारकेश्वर नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमाले विजयी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस