पाटन नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाटन नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली काँग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याएर निर्वाचित भएका हुन् ।

रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरे । भण्डारीले ५ हजार २९०मत प्राप्त गरेका छन् ।

उपमेयरमा माओवादी केन्द्रका कमल सिंह बोहरा ५ हजार ७५१ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार हरू भट्टले ५ हजार ४२७ मत ल्याइन् । 

पाटनमा काँग्रेस र माओवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस