१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयास प्रशंसनीय

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ)का महानिर्देशक गाय राइडरले बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयास प्रशंसनीय रहेको बताएका छन् । दक्षिण अफ्रिकाको डर्वन आइसिसीमा जारी बाल श्रम उन्मूलन सम्बन्धी पाँचौँ विश्व सम्मेलनका क्रममा उनले सो उल्लेख गरेका हुन् ।

बालश्रमको बारेमा चेतना जगाउने र उन्मुलनको लागि भइरहेका प्रयासहरूलाई गति दिने उद्देश्यले १५ मे देखि सुरु भएको विश्व सम्मेलनमा नेपालको तर्फबाट सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालसँगको भेटवार्ताका क्रममा महानिर्देशक गायले बाल श्रमिक निवारण, श्रम अस्पताल, भोकेसनल टेनिङ सेन्टर तथा व्यवसायजन्य सुरक्षालगायत विविध क्षेत्रमा आइएलओले नेपाललाई सहयोग गर्नेसमेत बताएका छन् ।

‘महानिर्देशक गाय राइडरले बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयासलाई प्रशंसा गर्नुभएको छ’ सचिव अर्यालले भने ‘आइएलओले बाल श्रमिक निवारणका लागि आवश्यक थप सहयोगसमेत रहने जनाउनु भएको छ’

भेटमा सचिव अर्यालले बाल श्रमिकको अवस्था र उनीहरूको अधिकार रक्षा गर्ने सन्दर्भमा नेपालको तर्फबाट आफ्नो धारणा प्रस्तुत गरेका थिए । सचिव अर्याल नेतृत्वको टोलीमा नेपालबाट सहसचिव दीपक काफ्ले, उपसचिवद्वय गुरु सुवेदी र कृष्ण शर्मा सहभागी रहेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको साझेदारीमा बाल श्रम उन्मूलनमा पाँचौँ विश्वव्यापी सम्मेलनको आयोजना गर्न पाउँदा गौरव महसुस भएको बताएका थिए ।

पहिलो सम्मेलनमा भाग लिएका नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले नेल्सन मण्डेलाको भूमिमा आयोजना भइरहेको सम्मेलनबारे उल्लेख गर्दै केही वर्षयता बालश्रममा बालबालिकाको सङ्ख्या बढेको बताएका थिए ।

आईएलओको पछिल्लो अनुमान अनुसार विश्वमा १६ करोड बाल श्रमिक रहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन र तथ्याङ्क विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बाल श्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको सङ्ख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ । खतरायुक्त काम गरिरहेका बालबालिकाको सङ्ख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै उल्लेख्य मात्रामा कमी आएको छ ।

साताभर चल्ने सम्मेलनमा बालश्रम अन्त्य गर्नेबारे व्यापक छलफल हुने छ भने दर्वान घोषणा पत्रसहित समापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस