भरतपुर महानगर अपडेट : मेयरमा पुन: रेनुले लिइन् अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगर अपडेट : मेयरमा पुन: रेनुले लिइन् अग्रता


२ जेष्ठ २०७९, सोमबार


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् ।

सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले अग्रता लिएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ हजार ३१ मत गणना हुँदा रेनुले पाँच हजार ३९ मत पाएकी छन् भने विजयले पाँच हजार २७ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५५ मत ल्याएका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ मत र राप्रपा उम्मेदवार हिमला गुरुङले चार हजार ४२ मत पाएकी छन् ।

भरतपुरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ । त्यस्तै एमाले र राप्रपाले पनि तालमेल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस