गायक राजु लामाद्वारा सगरमाथाको सफल आरोहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक राजु लामाद्वारा सगरमाथाको सफल आरोहण


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

जलवायु परिवतर्नबारे जनचेतना फैलाउन सगरमाथा आरोहण अभियानमा रहेका उनीसहितको टोलीले आज (सोमबार) सफल आरोहण गरेको हो ।

उनीसहित २७ जनाको टोली सोमबार (२०२२ मे १६) बिहान ४ बजेदेखि ६ः४० मिनेटको अवधिमा ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेको इम्याजिन नेपालले जानकारी दिएको छ ।

मिङ्गमा जी।को नेतृत्वमा नेपालबाट नेपाल, अस्ट्रेलिया, पाकिस्तान, चीन, रुस, थाइल्यान्ड गरी जम्मा ६ देशका नागरिकहरूले सगरमाथा आरोहण गरेका हुन् ।

जसमध्ये आरोहण नेतृत्व लिएका मिङ्गमाले विना अक्सिजन सफल आरोहण गरेका हुन् ।

आरोहणकै क्रममा क्याम्प २–३ अर्थात् ६ हजार ५७४ मिटर उचाइमा पुगेर गायक लामाले एकल साङ्गीतिक प्रस्तुति पनि दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस