चन्द्रागिरिमा गिरीको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चन्द्रागिरिमा गिरीको अग्रता


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिएका छन् ।

आज १३ हजार ३४२ मतगणना हुँदा काँग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत ल्याई अग्रता कायम गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले चार हजार ५१६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन् ।

यस्तै, उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार वसन्ती श्रेष्ठले पाँच हजार १९१ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार रोशन दानीले एक हजार ४८७ मत प्राप्त गरेका छन् ।

हालसम्म चन्द्रागिरिका पाँच वटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताइन् ।

जम्मा गणना भएकामध्ये नगरप्रमुखमा एक हजार ५४१ र उपप्रमुखमा चार हजार ५८१ मत बदर भएको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ ।

कूल १५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकोमा यो स्थानीय तहको निर्वाचनमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताइन् ।

चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठुलो नगरपालिका हो ।

Tags :
प्रतिक्रिया दिनुहोस