सानीभेरी गाउँपालिका : काँग्रेस-एमाले गठबन्धनलाई पछि पार्दै माओवादी विजयी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सानीभेरी गाउँपालिका : काँग्रेस-एमाले गठबन्धनलाई पछि पार्दै माओवादी विजयी


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्।

विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोका निर्वाचित भएकी छन्। उनले ५ हजार ९५८ मत ल्याएकी छन्।

एमालेबाट उपाध्यक्षका उम्मेदवार प्रकाश खड्काले ३४२० मत ल्याएका छन्। सानीभेरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच गठबन्धन बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस