पोखरा महानगरमा धनराजले अग्रता बढाँउदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखरा महानगरमा धनराजले अग्रता बढाँउदै


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन् ।

जारी मत गणनामा आचार्यले ४०४१ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका छन् भने राप्रपाका शङ्कर खरालले ५०० र खडकराज पौडेल (गनेस)ले २३२ मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ४ हजार १९१ मत पाएकी छन् भने नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ७६६ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस