धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको झन्डै दोब्बर अग्रता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको झन्डै दोब्बर अग्रता


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरुआतदेखि नै अग्रता कायमै छ।

अहिलेसम्म ७ हजार ४७० मत गणना भएकोमा हमालले ३ हजार ३२९ मत प्राप्त गरेका छन्।

सत्तारूढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७ पाएका छन्।

हमाल वड भन्दा १४ सय ९२ मतले अगाडि छन्।

नेकपा एमालेका रणबहादुर चन्दले अहिलेसम्म ७८३ मत पाएका छन्।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन्।

धनगढीमा २, ३, १८ र १९ मत गणना हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस