त्रिविसहित आठ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिविसहित आठ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा आजदेखि लागु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भएको छ ।

तर, केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । काठमाडौँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज ओपिडी सेवा सञ्चालन गरिएको छ ।

यस्तै, प्रदेश अस्पताल सुर्खेत, आयुर्वेद चिकित्सालय नरदेवीले आइतबार ओपिडी सेवा सञ्चालन गरेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा पनि आइतबार ओपिडी सेवा सञ्चालन गरियो ।

यी अस्पतालहरूले आइतबारको बिदाका विषयमा थप छलफल गर्ने भएका छन् । तर, हाललाई आइतबार पनि विगतमा जस्तै नियमित रूपमा सेवा दिने निर्णय गरिएको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस