जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरुवाती अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकामा बिहान पौने पाँच बजेदेखि सुरु भएको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवारले नै अग्रता लिएका छन्।

वडा नम्बर १ को मतगणनाको क्रममा नेपाली काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत खसेको छ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ। अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ।

एमालेका शिवशङ्कर साह हिराको पक्षमा पनि ७ मत परेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मनोज साहको साइकल चिन्हमा ३ र गठबन्धनको तर्फबाट जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ।

जनकपुरमा अघिल्लो निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट लालकिशोर मेयरमा निर्वाचित भएका थिए। मतगणना जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस