काभ्रेको पाँचखाल–१३ मा पुन: मतदान हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काभ्रेको पाँचखाल–१३ मा पुन: मतदान हुने


३० बैशाख २०७९, शुक्रबार


काभ्रे । पाँचखाल–१३, कोशीदेखामा पुन: मतदान हुने भएको छ ।

वैशाख ३० गते भएको निर्वाचनमा यहाँ स्थित श्रीराम मतदान केन्द्रमा विवाद भएपछि स्थगित गर्ने निर्णय भएको निर्वाचन अधिकृत जीवनप्रसाद दुलालले जानकारी दिए ।

नयाँ मितिबारे निर्वाचन आयोगले निर्णय गर्ने उनले जानकारी दिए ।

छलफलपछि पनि पुन: सुचारु गर्ने स्थिति नबनेपछि स्थगित गरिएको दुलालले जानकारी दिए ।

२ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता थिए ।

निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकै पटक १० वटा मतपत्र दिन लागेको भन्दै काँग्रेसका कार्यकर्ताले सो मतपत्र नियन्त्रणमा लिएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो ।

मतदानको लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो ।

सम्बन्धित समाचार : काभ्रेको पाँचखाल नगरमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप , मतदानस्थलमा तोडफोड

Tags :
प्रतिक्रिया दिनुहोस