काभ्रेको पाँचखाल नगरमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप , मतदानस्थलमा तोडफोड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काभ्रेको पाँचखाल नगरमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप , मतदानस्थलमा तोडफोड


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा नेकपा (एमाले) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोडफोड भएको छ ।

जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको हो । झडपकै क्रममा मतदान स्थल तोडफोड भएको हो ।

जिल्लाको तिमाल गाउँपालिकामा मतदान रोकिएको प्रहरीले जनाएको छ । चौरीदेउरालीमा रोकिएको मतदान सुरु गर्न छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस