बङ्गलादेशमा पनि आर्थिक सङ्कट : सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बङ्गलादेशमा पनि आर्थिक सङ्कट : सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । बङ्गलादेश सरकारले सबै सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाएको छ । कोभिडपछि अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ ।

सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याएको जनाएको छ । ती कार्यक्रमहरूमा सहयोग गर्न सबै सरकारी अधिकारीहरूलाई अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ । अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर सरकारी भ्रमणहरू सबै प्रकारका हाललाई रोकिएको जनाएको छ ।

केन्द्रीय बैङ्कले बङ्गलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरू आयातमा पनि रोक लगाएको छ । त्यहाँका केन्द्रीय बैङ्कले आर्थिक सुधार र मितव्ययिता सम्बन्धी कार्यक्रमहरू ल्याएको थियो । सो कार्यक्रममा सरकारी अधिकारीहरूले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरूको आयातमा रोक लगाइएको छ ।

सरकारले वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको भन्दै खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरू सामानहरूको आयातमा रोक लगाइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस